ब्रिसबेनमा ‘Nepali Screen: Cinema, Culture & Conversation 2025’ आयोजना हुँदै
ब्रिसबेन, अष्ट्रेलिया —अष्ट्रेलियामा नेपाली फिल्म, संस्कृति र समुदायबीचको अन्तरसम्वाद प्रवर्द्धन गर्ने उद्देश्यले T-Events Australia को आयोजनामा ‘Nepali Screen: Cinema, Culture & Conversation 2025 कार्यक्रम आगामी सेप्टेम्बर 19 देखि 21 सम्म ब्रिसबेनमा आयोजना हुँदैछ।
यस विशेष कार्यक्रममार्फत दुई नेपाली चलचित्रहरू — ‘Hostel-3’ र ‘Janai Harayako Manchhe’ को स्क्रिनिङ गरिनेछ। कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली डायस्पोरालाई नेपाली सिनेमा र कलाकारहरूसँग जोड्ने सेतुको काम गर्नेछ।
कार्यक्रमको प्यानलमा नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक सुरज भुषाल, सन्तोष (सशान) कँडेल, वरिष्ठ सम्पादक तथा पत्रकार सिताराम बिल्लाशी (Corporate Nepal), अभिनेत्री बेनिशा हमाल, र नवोदित कलाकार सनिशा भट्टराई रहनेछन्।
प्यानल छलफलको संयोजन डा. भरतराज पौडेल ले गर्नेछन्।
सांस्कृतिक प्रस्तुति अन्तर्गत सनिशा भट्टराई ले आफ्नो प्रस्तुति दिनेछिन्।
कार्यक्रमको समग्र व्यवस्थापन T-Events Australia का प्रमीश भुर्तेल ले गरिरहेका छन्।
T-Events Australia का अनुसार, यस कार्यक्रमले नेपाली समुदाय, प्रवासी नेपाली युवा, र अष्ट्रेलियाली नेपाली सांस्कृतिक सम्बन्धमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न सामुदायिक अगुवा, संस्थागत प्रतिनिधि र नेपाली कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ।
For More Information Contact:
Suraj Bhusal: +61 0401 845 001
Pramish Bhurtel: +977-9851422653
Please contact Eventek for refund details.